काठमाडौं । नेकपा माओवादी केन्द्र डोल्पाको गजदुल्ला गाउँपालिकामा विजयी भएको छ । यहाँ विजयी भएसँगै अध्यक्ष पदमा माओवादीले खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् ।