पोखरा । पोखरा महानगरपालिकामा आइतबार विहानसम्म १६०० मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।
उनले ६१३ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५८३ मत पाएका छन् । त्यस्तै राप्रपाका शंकरप्रसाद खरालले ९८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३६ मत पाएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८८३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ७१६ र राप्रपाकी रञ्जिता सेनले ८२ मत पाएकी छन् ।
पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ ।