काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
नेकपा एमालेभन्दा कांग्रेस उम्मेदवार एक हजार बढी मतले अघि छन्।
कांग्रेसका राजकुमार नकर्मीले २६२० मत पाएका छन्। यस्तै नेकपा एमालेका केशरत्न बज्राचार्यले १६०५ मत पाएका छन्।
उनीहरूबीच १०१५ मतको मतान्तर छ।
यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार शुभलक्ष्मी शाक्यले अग्रता लिएकी छन्।
उनले २४१५ मत पाएकी छन्। उनका एमालेबाट प्रतिस्पर्धी विन्दु महर्जनले २३०३ मत पाएकी छन्।
कीर्तिपुरमा तीन वडाध्यक्षहरू निर्वाचित भइसकेका छन्। तीन जना वडाध्यक्षहरूले कांग्रेसबाट उम्मेदवारी दिएका थिए।
वडा नम्बर १ मा ७७८ मत पाएर हिरालाल महर्जन, वडा नम्बर २ मा ८८६ मत पाएर रूपेश महर्जन र वडा नम्बर ३ मा ९८८ मत पाएर सुविन्द्र महर्जनले जितेका छन्।