logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनसरीको बराहक्षेत्र नगरपालिकामा विवाद भएपछि मतगणना अवरुद्ध

    सुनसरीको बराहक्षेत्र नगरपालिकामा विवाद भएपछि मतगणना अवरुद्ध

    7.3K
    Shares

     

     

    काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो ।

    उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।

    बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उम्मेदवार छन् भने उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । एमाले उम्मेदवार नीलम खनालले ६७८ मत ल्याउँदा कांग्रेसका रमेश कार्कीले ५७२ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend