सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सिन्धुलीका १७ वडाको परिणाम: माओवादी केन्द्र ९ वटा वडामा विजयी

सिन्धुलीका १७ वडाको परिणाम: माओवादी केन्द्र ९ वटा वडामा विजयी

 

 

सिन्धुली । सिन्धुलीका ७९ वडामध्ये १७ वडामा मतगणना सकिएको छ । नेकपा माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ३ वटा वडामा जितेका छन् । माओवादी केन्द्रले मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ नं वडामा जित निकालेको छ ।

 

मरिण र गोलन्जोर बाहेकका वडाहरुमा माओवादी केन्द्रले गएको स्थानीय निर्वाचनमा विजयी हाँसिल गरेको थिएन । त्यस्तै, कांग्रेसले तीनपाटन गाउँपालिकाको वडा नं २, १० र ११, हरिहरपुरगढी २, र गोलन्जोर २ मा जित हात पारेको छ ।

 

त्यस्तै, नेकपा एमालेले हालसम्म हरिहरपुरगढीको २, तीनपाटन १ र कमलामाइ नगरपालिकाको ३ नं वडामा विजयी भएको छ । दुई नगरपालिका सहित ९ वटा पालिका रहेको सिन्धुलीका सबै पालिकामा सत्तागठबन्धन अगाडि छ भने एमालेले पछ्याइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend