logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • प्रचण्डको निर्वाचन क्षेत्र माडीमा माओवादीले धाँधली गरेको आरोप, मतगणना स्थगित

    प्रचण्डको निर्वाचन क्षेत्र माडीमा माओवादीले धाँधली गरेको आरोप, मतगणना स्थगित

    3.2K
    Shares
    प्रचण्डको निर्वाचन क्षेत्र माडीमा माओवादीले धाँधली गरेको आरोप, मतगणना स्थगित

    चितवन – चितवनको माडीमा स्थानीय तहको निर्वाचनको मत गणनाका क्रममा विवाद  भएपछी मतगणना स्थगीत भएको छ । वडा नम्वर २ को मत गणनामा माओबादीले धाँधली भएको भन्दै राप्रपाले विरोध जनाएको छ । ८२ मत अन्तरले विजयी भएको भन्दै माओवादी केन्द्रले विजयी जुलुस निकाल्ने तयारी गरिरहेका वेला राप्रपाले पुनः मतगणना हुनुपर्नै माग राख्दै विरोधमा उत्रिएपछि गणना स्थागित भएको हो ।

    राप्रपाका वडा अध्यक्षका उम्मेदवार विजय कुमार गुरुङले मतपेटिका शिलबन्दी नगरिएको भेटिएको र आफुहरुले मतदान गरेको मत नम्वरहरु समेत गायव पारिएको दाबी गर्दै उनले पुनः मत गणना नभएसम्म आफुहरुले परिणाम स्वीकार नगर्ने बताए ।

    प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको चितवनको माडी नगरपालिकामा मेयरमा एमालेले १३१७ मतका साथ आफ्नो अग्रता बनाएको छ । माडीको नगर प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतोले ४ हजार ६३ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार ऋषि काफ्लेले २७ सय ४६ मत ल्याएर पछ्याईरहेका छन्।

    माडी नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका छन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो। त्यसै गरी त्यहाँको उपमेयरतर्फ काँग्रेसका खेम महत्तोले अग्रता लिएका छन् । महतोले २२ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १८ सय १५ र एमाले समर्थित राप्रपाका मदन पौडेलले १८ सय १४ मत पाएका छन् ।

    नगरपालिका वडा नं १, ९ को गणना सकिएको छ । वडा नं १ को वडाध्यक्षमा राप्रपा उम्मेदवार र वडा नं ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । यसअघि माओबादी केन्द्रले जितेको माडी नगरपालिकालाई माओबादी केन्द्रले आफ्नो पकड क्षेत्र भनेर दाबी गर्दै आएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend