logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आजदेखि जजिरा एयरलाइन्सको गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू

    आजदेखि जजिरा एयरलाइन्सको गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू

    2.8K
    Shares

    काठमाडौं । कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ।

    नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको लागि जजिराले अनुमति पाएको थियो।

    जजिराले बुद्ध जयन्ती अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत– भैरहवा– कुवेत उडान गर्नेछ।

    नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

    जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले केहीबेरमा शुभारम्भ गर्दैछन्।

    प्रधानमन्त्री देउवा विमानस्थल आइपुगेका छन्। अहिले उनले विमानस्थलको अवलोकन गरिरहेका छन्।

    भर्खरैमात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्नेछ।

    भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २ः३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ अवतरण हुनेछ।

    त्यसैगरी, कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६:३० बजे उडान हुनेछ भने भैरहवामा बिहान १:४५ बजे अवतरण हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend