logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मतदान भएको भन्दा १५ मत बढी भेटिएपछि धनौजीमा मतगणना स्थगित

    मतदान भएको भन्दा १५ मत बढी भेटिएपछि धनौजीमा मतगणना स्थगित

    2.3K
    Shares

    धनुषा । धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो ।

    १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

    उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’

    धनौजी वडा नम्बर २ मा १ हजार ६९४ मत हुनुपर्नेमा सोभन्दा बढी मत मतपेटिकामा फेला परेको जनाइएको छ । मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह १५१४ मतसहित अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपाल जिवेन्द्र झा १ हजार १५६ मतसहित दोस्रो स्थानमा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend