logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बाँकेका १५ वडाको मत परिणाम सार्वजनिक, पाँच स्थानमा एमाले विजयी

    बाँकेका १५ वडाको मत परिणाम सार्वजनिक, पाँच स्थानमा एमाले विजयी

    2.8K
    Shares

    बाँके । बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले पाँच, नेपाली कांग्रेसले चार, नेकपा माओवादी केन्द्रले तीन, जनता समाजवादी पार्टी जसपाले दुई तथा राप्रपाले एक वडा जितेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित भए । उनले कूल ७८१ मत प्राप्त गरेका थिए ।

    उनी यसअघि पनि सो वडाका वडाध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे भने कांग्रेसले ५८१ मत प्राप्त गरेको थियो ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठले ५५० मत प्राप्त गरी निर्वाचित भए । उक्त वडा विसं २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो ।नेपालगञ्ज– २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित भए । यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका प्यानल विजयी भएकोछ ।

    जसपा नेपालका मोहम्मद रजा राइ वडाध्यक्षमा एक हजार १७४ मत प्राप्त गर्दै विजयी भएका हुन् । वडा नम्बर २ मा नेकपा माओबादीका चन्द्रिकाप्रसाद गुप्ता विजयी भए । उनी पनि दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका छन् ।

    राप्तीसोनारी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यमबहादुर खड्का निर्वाचित भए । उनीसहित एमालेको पूरै प्यानल निर्वाचित भएको हो ।

    खुला सदस्यमा एमालेकै चूर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित भए ।

    राप्तीसोनारी –२ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली ज्ञानु विजयी भए । राप्तीसोनारी–३ मा एमालेका मीनकुमार थारु निर्वाचित भए । एमालेका वडाध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार ३४३ मत ल्याउएका थिए । महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुला सदस्यतर्फ पुन्वा थारु र मङ्गलबहादुर ओली विजयी भए । कोहलपुर नगरपालिका–१ मा माओवादीका बद्रीप्रसाद जैसीको प्यानल विजयी भएको छ ।

    कोहलपुर– १५ मा कांग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचितभए । सो वडामा कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ । खुजुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका मनवीर खत्री विजयी भए । डुडुवा गाउँपालिका–१ मा कांग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend