logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • तनहुँमा २४ वडाको नतिजा सार्वजनिकः ११ कांग्रेस र १० स्थानमा एमालेको जित

    तनहुँमा २४ वडाको नतिजा सार्वजनिकः ११ कांग्रेस र १० स्थानमा एमालेको जित

    2.9K
    Shares

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र) ले तीन वडामा विजय हासिल गरेको छ ।

    भिमाद –१ मा काँग्रेसका आले विजयी

    भिमाद नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका दीपक आले एक हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडा सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

    एमालेबाट महिला वडा सदस्यले एक हजार ९६, दलित महिला वडा सदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको शर्माले जानकारी दिए ।  काँग्रेसबाट महिला वडा सदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गरेका छन् ।

    म्याग्दे–२ मा काँग्रेसका क्षेत्री विजयी
    म्याग्दे गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्रीले  आठ सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी  एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गर्नुभयो । सदस्यमा  कांग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्द्रबहादुर रानाभाट ८३५, महिला सदस्यमा कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा कांग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

    म्याग्दे–४ मा काँग्रेसको प्यानल विजयी

    म्याग्दे गाउँपालिका–४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा दीपककुमार श्रेष्ठ एक हजार ३८ मत प्राप्त गरी विजयी भएका छन्  । प्रतिस्पर्धी एमालेका ज्योतिकुमार श्रेष्ठले तीन सय ३२ मत प्राप्त गरे । खुला सदस्यमा डोलबहादुर सुनारले आठ सय १२, बमबहादुर मस्राङ्गीले सात सय ९७, महिला सदस्यमा बद्रीका भट्टराईले नौ सय २५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले नौ सय आठ मत प्राप्त गरेका छन् ।

    ऋषिङ–२ मा काँग्रेसको प्यानल विजयी
    तनहुँको ऋषिङ गाउँपालिका–२ मा  काँग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा चार सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी  एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गरेका छन् ।

    महिला वडासदस्यमा  काँग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडा सदस्यमा जमुना माया दमैले चार सय ४९, सदस्यमा देविनबहादुर शाहीले चार सय ४८ र पहलसिं सारुले चार सय ५५ मत प्राप्त गरेका छन् ।

    ऋषिङ–३ मा काँग्रेसको प्यानल विजयी
    ऋषिङ गाउँपालिका–३ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर थापा आठ सय आठ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी  एमालेका बेलबहादुर आलेले दुई सय ३६ मत प्राप्त गरे । महिला सदस्यमा कमला थापाले आठ सय आठ, दलित सदस्य कविता घलेले आठ सय आठ, खुल्ला सदस्यले केशबहादुर आलेले आठ सय दश र मीनबहादुर थापा मगरले सात सय ७२ मत प्राप्त गरेका छन् ।

    घिरिङ–१ मा काँग्रेसको प्यानल विजयी
    घिरिङ गाउँपालिका–१ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रविचन्द्र घोरासैनी एक हजार एक सय २८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले नौ सय १२ मत प्राप्त गरे ।

    महिला वडा सदस्यमा काँग्रेसका मीना आलेले एक हजार एक सय नौ, दलित महिला सदस्यमा लक्ष्मी सुनारले एक हजार ९०, खुला सदस्यमा जगतबहादुर कुमालले एक हजार २६ र माधव चन्दले एक हजार ६२ मत प्राप्त गरेका छन् ।

    शुक्लागण्डकी–१ मा काँग्रेसको प्यानल विजयी
    शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा काँग्रेसका रविचन्द्र पौडेलले एक हजार एक सय १३ मत प्राप्त  विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  एमालेका रघुनाथ पौडेलले आठ सय ४२ मत प्राप्त गरे ।
    खुला वडा सदस्यमा कांँग्रेसका मोहम्मद जब्बर मियाँ एक हजार ५९, कृष्णबहादुर गुरुङ एक हजार ७९,  दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा एक हजार एक सय दश र खुला महिला सदस्यमा लक्ष्मीदेवी भण्डारी एक हजार एक सय तीन मत प्राप्त गरी विजयी भएका छन् ।

    शुक्लागण्डकी–२ मा वडाध्यक्षमा काँग्रेस विजयी
    शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा काँग्रेसका सुमनबहादुर रानाले नौ सय २५ मत विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी  एमालेका तीर्थराज खनालले आठ सय ६६ मत प्राप्त गरे । वडा सदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी भएका  छन् ।

    शुक्लागण्डकी–३ मा काँग्रेसको प्यानल विजयी
    शुक्लागण्डकी नगरपालिका–३ मा  काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा सचिन भुजेल आठ सय पाँच मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजन रिमालले चार सय ८० मत प्राप्त गरे ।
    खुला वडासदस्य विजय श्रेष्ठले छ सय २९, केशरबहादुर थापामगरले सात सय पाँच, महिला वडा सदस्य उमादेवी सुवेदीले सात सय १२ र दलित महिला वडा सदस्यमा लक्ष्मी सुनारले सात सय सात मत प्राप्त गरे ।

    शुक्लागण्डकी–४ मा काँग्रेसको प्यानल विजयी
    शुक्लागण्डकी नगरपालिका–४ मा  काँग्रेसको प्यानल नै विजयी भएको छ । शुक्लागण्डकी नगरपालिकाको राजधानी मानिने दुलेगौडामा एमालेको उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले आफ्नो विरासत कायम राखेको छ ।
    काँग्रेसका राजकुमार वाग्लेले सात सय ७८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी  एमालेका विष्णुबहादुर रानाले छ सय ४८ मत प्राप्त गरे ।

    खुला वडा सदस्यतर्फ मदन श्रेष्ठ सात सय ८२ र महिप ज्वारचनले सात सय ७९ मत प्राप्त गरी विजयी भए । महिला सदस्यमा मीठुमाया थापा मगर सात सय ९९, दलित महिला सदस्य मिना रोका सुनारले सात सय ८७ मत प्राप्त गर्दै विजयी भए ।

    देवघाट–२ मा काँग्रेसको प्यानल विजयी
    देवघाट गाउँपालिका–२ मा  काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मीनबहादुर राना आठ सय ५८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी  एमालेका हीराबहादुर थापा मगरले छ सय ७५ मत प्राप्त गरे ।
    महिला सदस्यमा हुममाया खाँणले आठ सय २०, दलित महिला सदस्यमा बालकुमारी परियारले सात सय छ, खुल्ला सदस्यमा पोलबहादुर आलेले सात सय ८६ र यामबहादुर मगरले आठ सय १८ मत प्राप्त गरेका छन् ।

    एमालेले जितेका वडा
    म्याग्दे–१ मा एमालेका वाग्ले विजयी
    म्याग्दे –१ को वडाध्यक्षमा  एमालेका मणिभद्र वाग्लेले छ सय ९९ मत प्राप्त गरी विजयी भएका  छन् । उनका प्रतिस्पर्धी  कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरे । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले दुई सय ८१ मत प्राप्त गरे ।

    खुला सदस्यमा  काँग्रेसका मीनबहादुर थापा छ सय ३८, नेकपा एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा  एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।

    म्याग्दे–३ को वडाध्यक्षमा एमाले विजयी
    म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६ सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी  काँग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गरेका छन् । यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो ।

    यसैगरी खुल्ला सदस्यमा काँग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८,  एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा  कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा  एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी भएका छन् ।

    बन्दीपुर–१ को वडाध्यक्षमा एमाले विजयी
    बन्दीपुर गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका शिवकुमार श्रेष्ठले नौ सय नौ मत प्राप्त गरी विजयी भएका छन् । एमालेले अध्यक्ष र दुई वडा सदस्य समेत जितेको छ ।   प्रतिस्पर्धी माओवादीका भानुभक्त पोख्रेलले छ सय ८१ मत प्राप्त गरे । काँग्रेसका इमनाथ खनालले छ सय ७६ मत प्राप्त गरे ।

    महिला वडा सदस्यमा  एमालेका रोशन बराकोटी सात सय ९४, खुल्ला सदस्यमा एमालेकै डिलबहादुर रानाले सात सय २३ मत प्राप्त गरी विजयी भएका छन् । दलित महिला सदस्यमा माओवादीका कोशिला परियार विकले सात सय ५४ र खुल्ला सदस्यमा माओवादीकै प्रेमबहादुर शाहीले सात सय ४६ मत प्राप्त गरी विजयी भएका छन् ।

    बन्दीपुर–४ मा एमालेको प्यानल विजयी
    बन्दिपुर–४ मा  एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा  एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त  गरिन् । सदस्यहरूमा एमालेका रवि श्रेष्ठ सात सय एक, भिम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    घिरिङ–२ मा एमालेको प्यानल विजयी
    घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी  काँग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे । महिला सदस्यमा  एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गरेका छन् ।

    देवघाट–१ मा एमालेको प्यानल विजयी
    देवघाट –१ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा  एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी  काँग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गरे ।
    खुला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी भए ।

    देवघाट–४ मा एमालेको प्यानल विजयी
    देवघाट –४ को वडाध्यक्षमा  एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मित्रलाल गुरुङ चार सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी काँग्रेसका पदमबहादुर गुरुङले तीन सय ६७ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका पुनमाया गुरुङले चार सय २२, दलित महिला सदस्यमा सपना सुनारले चार सय १६, खुल्ला सदस्यमा बुद्धिमान भुजेलले तीन सय ९३ र शुकबहादुर थापा मगरले चार सय २४ मत प्राप्त गरेका छन् ।

    भिमाद–३ मा एमालेको प्यानल विजयी
    भिमाद नगरपालिका–३ मा  एमालेको प्यानल विजयी भएको छ । एमालेले वडाध्यक्ष सहित सदस्य जितेको हो । पदमबहादुर सेन ठकुरी छ सय ३१ मत प्राप्त गरी विजय भएका छन्  । निकटतम प्रतिस्पर्धी  काँग्रेसका धनबहादुर थापाले पाँच सय चार मत प्राप्त गरे ।

    महिला वडासदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले पाँच सय ९०, खुल्ला सदस्यमा नारायण आलेले पाँच सय ७७ र वसन्तसिंह ठकुरीले पाँच सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    भिमाद–२ मा एमालेको प्यानल विजयी
    जिल्लाको भिमाद –२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले एक हजार पाँच सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी काँग्रेसका भीमबहादुर थापाले छ सय ५६ मत प्राप्त गरे ।
    खुला सदस्यमा मेखबहादुर थापाले एक हजार तीन सय ४१, प्रेम रानाले एक हजार तीन सय ९८, दलित महिला सदस्य सुष्मा नेपालीले एक हजार चार सय ७१ र महिला सदस्य स्यानीमाया थापाले एक हजार चार सय ७८ मत प्राप्त गरी विजयी भएका छन् ।

    भानु–२ मा  एमालेका त्रिपाठी
    भानु –२ को वडाध्यक्षमा तीन मत अन्तरले एमालेका केशवराज त्रिपाठी विजयी भएका छन् । उनले ६२२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका नवीनराज दाहालले ६१९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै मीनाकुमारी श्रेष्ठ छ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् ।

    महिला सदस्यमा बराबर भएपछि लक्की ड्रबाट उनी गोलाप्रथाबाट विजयी भएका हुन् । दलित महिला सदस्यमा काँग्रेसका चनमाया बसेल छ सय ३८, खुला सदस्यमा काँग्रेसकै तुलबहादुर गुरुङ छ सय २४ र विवेक श्रेष्ठ छ सय २९ मत प्राप्त गरी विजयी भएका छन् ।

    माओवादीले जितेका वडा
    आँबु–१ मा माओवादीको प्यानल विजयी
    तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा न माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी काँग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गरे ।

    सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी भएका छन् ।

    ऋषिङ–१ को अध्यक्षमा  थापा 
    ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुश थापा विजयी भएका छन् ।  एमाले र माओवादीको गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेदवार थापा पाँच मतान्तरले विजयी भएका हुन् ।

    थापाले आठ सय ३१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली  खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गरे । चार वडासदस्य भने  कांग्रेसले जितेको छ । महिला सदस्यमा सविना रानाले आठ सय ४६, दलित महिला सदस्यमा आशा नेपालीले आठ सय ५८, खुला सदस्यमा धनबहादुर आलेले आठ सय ३३ र भीमबहादुर थापाले सात सय ८१ मत प्राप्त गरे ।

    आँबुखैरेनी–२ मा माओवादीको प्यानल विजयी

    तनहुँको आँबुखैरेनी–२ मा माओवादीले प्यानलसहित जित हासिल पारेको छ । वडा नम्बर २ को अध्यक्षमा माओवादीका आशबहादुर गुरुङ विजयी भएका छन् । उनले छ सय ६७ मत प्राप्त गरेका छन् । २९ वर्षीय गुरुङ तनहुँमा हालसम्म सार्वजनिक मतपरिणाम अनुसार सबैभन्दा कान्छा वडाध्यक्ष बनेका छन् । प्रतिस्पर्धी काँग्रेसका सरोज पन्तले चार सय ३५ मत प्राप्त गरेका छन् ।

    महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले सात सय तीन, दलित महिला सदस्यमा सम्झना सुनारले सात सय ११, खुला सदस्यमा कमलबहादुर मगरले छ सय ५८ र वासुदेव थापाले छ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् ।

    भानु–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

    भानु नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी भएका छन् । पाँच सय २१ मत प्राप्त गरी उनी विजयी भएका हुन् । प्रतिस्पर्धी  काँग्रेसका रामबहादुर बानियाँले चार सय ६५ र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले दुई सय दश मत प्राप्त गरेका छन् ।

    वडा सदस्यमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा सकिना खातुनले छ सय ७९, दलित महिला सदस्यमा शान्ता मौरातीले छ सय ३६, खुला सदस्यमा चन्द्रविवश गुरुङले छ सय ५३ र भीमसेन अधिकारीले पाँच सय ७५ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend