logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विजय जुलुसमा सहभागी गराउन मान्छे लिन गएको हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    विजय जुलुसमा सहभागी गराउन मान्छे लिन गएको हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    7K
    Shares

     

    बैतडी । दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका–६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

    गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

    मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका(६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको परिचय खुल्न नसकेको उनले बताए ।

    ‘जुलुसमा सहभागी गराउन मान्छे ओसार्न गइरहेको भन्ने बुझिएको छ,’ थापाले भने, ‘कुन पार्टी हो खुलेको छैन, हाइसमा सवार तीनजना मात्रै थिए,’ उनले भने । हाइस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । प्रहरी टोली घटनास्थलमा रहेको प्रहरी निरीक्षक थापाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend