आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भरतपुरमा सुवेदीको अग्रता कायम, रेनु ३८ मतले पछाडि

भरतपुरमा सुवेदीको अग्रता कायम, रेनु ३८ मतले पछाडि

 

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तरलाई घटाएकी छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका सुवेदीले ४ हजार ४५१ मत पाएका छन् भने दाहालले ४ हजार ४१३ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९४० मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १९२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ५४० मत पाएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend