सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

दाङको राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

दाङको राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकी निर्वाचित भएका छन् । उनी ३ हजार ९८० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नकेपा माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत मात्रै ल्याए भने यस्तै नेकपा एमालेका कुलराज गिरीले २ हजार ९२२ मत पाए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकै धनपति देवी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ८३६ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता यादवले २ हजार ९०७ मत प्राप्त गरिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend