logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दैलेखको ठाँटीकाँधमा भत्कियो एमाले किल्ला, कांग्रेस विजयी

    दैलेखको ठाँटीकाँधमा भत्कियो एमाले किल्ला, कांग्रेस विजयी

    3.2K
    Shares

    काठमाडौं । नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् ।

    यो गाउँपालिकामा ०७४ को निर्वाचनमा कांग्रेसले जम्मा एउटा वडा जितेको थियो । यसपटक भने बहुमतसहित पालिका अध्यक्ष जितेको छ ।

    कांग्रेसका रक्षबहादुर शाहले २५७१ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे । लक्ष्मीदेवीले २२७९ मत पाएकी छन् । लक्ष्मीदेवी पूर्वमन्त्री एवम् एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहकी श्रीमती हुन् ।

    यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । प्रदेशसभा सदस्यमा एमालेबाट जितेका शाहीकै वडा ठाँटीकाँध ६ मा पनि कांग्रेस विजयी भएको छ ।

    यो पालिकामा नेकपा माओवादी तेस्रो स्थानमा रह्यो । माओवादीका उमेश कुमार रावत ९निर्मल०ले अध्यक्षमा १६१७ मत पाएका छन् ।

    उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल विजयी भएका छन् । उनले २६९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्रा कुमारी शाहीले २४१६ मत ल्याएकी छन् । माओवादीकी विजुकुमारी थापाले १००५ मत प्राप्त गरेकी छन् ।

    ६ वटा वडा रहेको यो पालिकामा ०७४ मा पाँच वटा वडामा एमालेले जितेको थियो । तर यो पटक एमाले दुई वटा वडामा मात्र सीमित रह्यो । काँग्रेसले वडा नं १, ३, ४ र ६ मा जित्दा एमालेले वडा नं २ र ५ मा मात्र जित हासिल गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend