चितवन । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले ९० मतान्तरले अग्रता कायम गरेकी छन् । १८ हजार ४४७ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रेनुले ६१७० मत पाएकी छन् ।
नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका विजय सुवेदीले ६०८० मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन् ।