काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेकातर्फबाट उम्मेदवार रहेका झम्कनाथ नेपाल विजयी भएका हुन् ।
नेपाल ७१२७ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विकास लामा ६१५२ मत ल्याएका थिए ।
त्यस्तै, माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४१३४ मत ल्याए ।
उपाध्यक्षमा पनि एमालेकै शोभना तामाङ निर्वाचित भएकी छन् । उनले ६५१३ मत ल्याइन् । कांग्रेसकी दयाकुमारी मिश्र ६४६३ मत ल्याउँदै दोस्रो भइन्।
इन्द्रावती गाउँपालिकामा १२ वडा छ । १, ३, ५, ६ र ९ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने २, ४, ८, १० र ११ मा कांग्रेस र ७ र १२ मा वडा अध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।
२०७४ सालमा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।
वडा अध्यक्षहरु:
वडा न. १ : चीन लाल तामाङ (एमाले)
वडा न. २ : श्याम गिरी (काङ्ग्रेस)
वडा न. ३ : भिमसेन थापा (एमाले)
वडा न. ४ : क्षेत्र ब. तामाङ (काङ्ग्रेस)
वडा न. ५ : शशिनाथ आचार्य (एमाले)
वडा न. ६ : इन्द्र ब. तामाङ (एमाले)
वडा न. ७ : रविन्द्र कु. खाती (मा.के)
वडा न. ८ : डिल ब. श्रेष्ठ (काङ्ग्रेस)
वडा न. ९ : बाबुराम लामा (एमाले)
वडा न. १० : राम चन्द्र घिमिरे (काङ्ग्रेस)
वडा न. ११ : रामजी माझी (काङ्ग्रेस)
वडा न. १२ : सुरेन्द्र दनुवार (मा.के)