
कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर अग्रता कायम राखेका छन्। हमालले ७८१६ मतका साथ अग्रस्थानमा छन्।
त्यस्तै सत्ता गठबन्धन एवं नेपाली कांग्रेसका उम्मेदवार नृपबहादु्र ओडले ३८३१ मत ल्याएका छन् भने एमालेका रणबहादुर चन्दले ३३०७ मत ल्याएका छन्।
त्यस्तै उपमेयरतर्फ माओवादी उम्मेदवार शान्ति अधिकारिले ३४१६ मतका साथ अग्रस्थानमा छिन्। एमालेकी कन्दकला रानाले ३३०७ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १९०० मत ल्याएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend