
चितवन । भरतपुर महानगरपालिकामा नेकपा रेनु दाहालले दुई हजार मतको अग्रता कायम गरेकी छन् । ३० हजार २५२ मत गणना भएकोमा दाहालले ११ हजार ९० मत पाएकी छन् ।
उनका प्रतिस्पर्धी विजय सुवेदीले नौ हजार ९० मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रतालाई फराकिलो बनाएका छन्। उनले १३ हजार २४५ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले सात हजार ३७१ मत पाएकी छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend