शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हस्ताक्षर नभएको १३ वटा मतपत्र भेटेपछि विराटनगरमा एमालले बहिस्कार गर्यो मतगणना

हस्ताक्षर नभएको १३ वटा मतपत्र भेटेपछि विराटनगरमा एमालले बहिस्कार गर्यो मतगणना

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणनाका क्रममा १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि एमालेका प्रतिनिधिले बहिस्कार गरेका छन् । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी हेम बुढाथोकीले बताए ।

विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको हो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो ।

वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend