शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अपडेटः विराटनगरमा एमालेको बहिष्कारले रोकिएको मत गणना पुनः सुरु

अपडेटः विराटनगरमा एमालेको बहिष्कारले रोकिएको मत गणना पुनः सुरु

काठमाडौं । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानुन अनुसार हस्ताक्षर नभएको मतपत्र रद्द हुने बताएपछि पुनः मतगणना सुरु भएको हो ।

यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो ।

विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो ।

वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend