logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • जनकपुर उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार कै अग्रता, यस्तो छ मत परिणाम

    जनकपुर उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार कै अग्रता, यस्तो छ मत परिणाम

    5.8K
    Shares

    धनुषा । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले झण्डै २ हजार मतले अग्रता बनाएका छन् । स्वतन्त्र उम्मेदवार साहले ५ हजार ४४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साह हिरा ३ हजार ४९७ मतमात्र पाएका छन् ।

    त्यस्तै लोसपाका मनोज चौधरीले २ हजार ३४०, अर्का स्वतन्त्र बलराम महतोले १ हजार ५८९ र जसपाका लालकिशोर साहले १ हजार ५५६ मत पाएका छन् ।

    उप मेयरतर्फ काँग्रेससहितको गठबन्धनका किशोरी साहले ६ हजार १०१, एमालेकी रुना झाले ३ हजार ८७६, लोसपाकी रिताकुमारी मिश्रले २ हजार ४१२ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ७९३ मत पाएका छन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend