logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे निर्वाचन आचारसंहिताको उल्लंघन

    रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे निर्वाचन आचारसंहिताको उल्लंघन

    5K
    Shares
    रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे निर्वाचन आचारसंहिताको उल्लंघन

    काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज शनिबार भइरहेको मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएको छ ।

    निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन नपाइने भनिएपनि तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान स्थलमा गई मतदान गरेका थिए ।

    शनिबार बिहान माङसेबुङ–२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका लिम्बुले घन्टी चिन्ह अंकित ब्याज लगाएरै मतदान गरेको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

    बिहान सात बजे सुरु भएको मतदानमा साढे १० बजेसम्ममा २० प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend