logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • १ अर्ब ६२ करोड लगानीमा जनकपुर एग्रो फार्म ल्याउँदै मेडिकल कलेज व्यवसायी खुमा अर्याल

    १ अर्ब ६२ करोड लगानीमा जनकपुर एग्रो फार्म ल्याउँदै मेडिकल कलेज व्यवसायी खुमा अर्याल

    2.4K
    Shares
    १ अर्ब ६२ करोड लगानीमा जनकपुर एग्रो फार्म ल्याउँदै मेडिकल कलेज व्यवसायी खुमा अर्याल

    काठमाडौं । मेडिकल कलेज व्यवसायी खुमा अर्यालले जनकपुरमा ग्रिनफिल्ड पोल्ट्री फार्म सञ्चालनमा ल्याउने भएका छन् । व्यवसायी अर्यालले १ अर्ब ६२ करोड ३० लाख रुपैयाँ लगानीमा जनकपुर एग्रो फार्म लिमिटेड सञ्चालनमा ल्याउन लागेका हुन् । उनले एकैपटक तीनवटा फार्म सञ्चालनमा ल्याउन लागेका छन् ।

    एग्रो फार्ममा पोल्ट्रीका साथै अर्गानिक फर्टिलाइजर र सिएजी बायोग्यास प्लान्ट पनि निर्माण हुने भएको छ । एग्रो फार्म सन् २०२५ सम्म सञ्चालनमा ल्याउने तयारी भएको छ । फार्म आंशिकरूपमा व्यवसायीक रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । ५ लाइङ सेडमध्ये दुई सञ्चालनमा आइसकेको छ । हालसम्म ८३ प्रतिशत वित्तीय प्रगति भएको जनकपुर एग्रोले जनाएको छ ।

    फार्ममा ७० प्रतिशत बैंक ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ । जसअनुसार १ अर्ब १३ करोड ६० लाख रुपैयाँ बैंक ऋण र बाँकी ४८ करोड ७० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ । उद्योगले १ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    आयोजनाको काम पूरा हुन बाँकी छ । कार्यान्वयन र त्यसपछि सन्तोषजनक कार्यहरू चुनौतीपूर्ण छन् । कुखुरापालन व्यवसायमा संलग्न गराउन कम्पनी स्थापना भएको हो । फार्मले लेयर्स कुखुरा र अन्डा उत्पादन गर्छ । फार्ममा ५१ हजार ८ सय ४० लेयर्स सेड र १ लाख कुखुरा उत्पादन गर्ने अर्को गरी दुई सेड हुने भएको छ।

    उद्योगले वार्षिक ८ हजार ७ सय २० टन जैविक मल उत्पादन गर्ने भएको छ । प्रस्तावित सिएजी बायोग्यास प्लान्टबाट ८ सय किलोवाट बिजुली उत्पादन हुने जनकपुर एग्रोले जनाएको छ।

    जनकपुर एग्रो २०१८ सेप्टेम्बरमा स्थापना भएको हो । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न २०२२ जुन २६ मा जनकपुर एग्रो पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। उद्योग धनुषामा छ ।
    जनकपुर एग्रोका अध्यक्षमा मेडिकल व्यवसायी अर्याल छन् । अर्याल गण्डकी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष, युनिभर्सल कलेज अफ मेडिकल साइन्सका प्रबन्ध निर्देशक र नेपालगन्ज मेडिकल कलेजका निर्देशक हुन् ।

    अर्याल खैलुङ कालिका एग्रो फार्म प्रालिका सञ्चालक पनि हुन् । खैलुङमा शोभाकान्त ढकाल साझेदार छन् । ढकाल ओम एग्रोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि हुन् । अर्याल र ढकालको बैंकिङ, एग्रो, पर्यटन, होटल र नवीकरणीय ऊर्जामा लगानी छ।

    सन् २०१३ मा स्थापना भएको खैलुङ एग्रोले २०२२ मा ४५ करोड रुपैयाँको पोल्ट्री व्यापार गरेको थियो । यस्तै २०२३ हालसम्म ३७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले जनाएको छ।

    कम्पनीको ५१ हजार लेयर कुखुराको क्षमता छ । एग्रो कम्पनीले कुखुरा र अन्डा व्यापार गर्छ । विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशमा कुखुरा र अन्डा आपूर्ति गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend