logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल आउँदै चेरीको सब–ब्रान्ड ‘काई एक्स–थ्री प्रो’

    नेपाल आउँदै चेरीको सब–ब्रान्ड ‘काई एक्स–थ्री प्रो’

    5.8K
    Shares
    नेपाल आउँदै चेरीको सब–ब्रान्ड ‘काई एक्स–थ्री प्रो’

    काठमाडौँ । एल आरआर गु्रपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–थ्री प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआरग्रुपले विद्युतीय गाडी भित्र्याउन लागेको हो ।

    कम्पनीका अनुसार चेरीको सब–ब्रान्ड काई एक्स–थ्री प्रो एक महिनाभित्र परीक्षणका लागि नेपाल ल्याउने तयारी भइरहेको छ । एल आरआर ग्रुपले काई एक्स–थ्रीप्रो दुई भेरियन्टमा नेपाली बजारमा बिक्री गर्नेछ । यसमा ५२.७ किलोवाट आवरको ब्याट्री प्याक रहेको गाडीमा ५२.७ किलोवाट आवरको ब्याट्री रहेको छ ।

    यसले सिंगल चार्जमा ४०१ किलोमिटर रिमाइन्डर रेन्ज दिने कम्पनीको दाबी छ । काई एक्स–थ्री प्रो मा क्याटलको लिथियम फस्फेट ब्याट्री जडान गरिएको छ । यो गाडी ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

    यसमा १९० एएएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । काई एक्स–थ्री प्रो गाडीको लम्बाइ ४४०० एमएम, चौडाइ १८३१ एमए, उचाइ १६५३ एमएम छ काई एक्स–थ्री प्रो ५ सिटे क्षमताको गाडीको ह्वीलवेस २६३२ एमएम छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend