logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • भृकुटीमण्डपको खुला (हङकङ) बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

    भृकुटीमण्डपको खुला (हङकङ) बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

    637
    Shares
    भृकुटीमण्डपको खुला (हङकङ) बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

    काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

    समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उनले यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिएकी हुन् ।

    चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिईन ।

    भृकुटी मण्डपमा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन समेत मन्त्री चौधरीले परिषद्का कर्मचारीलाई निर्देशन दिईन ।

    उनले भृकुटीमण्डपको पार्क, उद्यान लगायतका क्षेत्रको व्यवस्थापन गर्न समेत निर्देशन दिँदै भाडा नतिर्नेहरुसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउन निर्देशन दिइन् । उनले भनिन्, “सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन ।

    यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेहरुलाई भाडा कसरी उठाउने भन्ने विषयमा तपाईहरुले योजना बनाएर काम गर्नुस् ।”

    उक्त अवसरमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचनाहरु व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend