काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको पाचौं तथा अन्तिम खेलमा नेपालले युगान्डा विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो ।
पानी परेर मैदान भिजेका कारण खेल केही ढिला सुरु हुने भएको छ । सिरिजको अन्तिम खेलमा नेपालले सरिता मगरलाई बेन्चमा राखी कविता जोशीलाई टिममा राखेको छ ।