
काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का भएको छ। ७ हजार मात्र मत गणना बाँकी रहेको र हमालले ११ हजारको अग्रता बनाइसकेकाले उनको जित सुनिश्चित भएको हो ।
धनगढीमा ६३ हजार ७१५ मत खसेकोमा ५६ हजार २२६ मत गणना सम्पन्न भइसकेको छ। अब यहाँ ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी छ।
अहिलेसम्मको परिणामअनुसार हमालले २४ हजार ५२९ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मत मात्र पाएका छन्।
नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३८६ मत प्राप्त गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend