logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोहलपुर नगरमा नेपाली कांग्रेस विजयी

    कोहलपुर नगरमा नेपाली कांग्रेस विजयी

    4K
    Shares

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार दिएका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।

    उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएकी छन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवार दिएका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानले नौ हजार ७२५ मत प्राप्त गरेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend