logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनद्वारा ताइवान वरिपरि सैन्य अभ्यासको घोषणा

    चीनद्वारा ताइवान वरिपरि सैन्य अभ्यासको घोषणा

    5.3K
    Shares
    चीनद्वारा ताइवान वरिपरि सैन्य अभ्यासको घोषणा

    एजेन्सी । चीनले कुनैपनि बेला ताइवानमाथि कब्जा जमाउने रणनीति बनाइसकेको छ । चीनको यो रणनीति गत वर्ष नै खुलेको थियो । एकीकरणको नाममा २०२५ भित्र ताइवानमाथि नियन्त्रण बनाउने चीनको योजनाबारे खुल्ला बहस बेइजिङमै भएको थियो ।

    चीनले ताइवानमाथि कब्जा जमाउन पूर्वतयारी गरिरहेको विषय बाहिर आइसकेको छ । उसले इन्धन र आवश्यक कच्चा पद्धार्थ वर्षौं सम्म पुग्ने गरी जोहो गरिरहेको छ । चीनको यो गतिविधिप्रति अमेरिकाले कडा भनाई सार्वजनिक गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो वाइडेनले ताइवानमाथि चीनले हमला गरे हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । वाइडेनको अभिव्यक्तिलगत्तै चीनले ताइवानको वरिपरि सैन्य अभ्यासको घोषणा गरेको छ । त्यहाँ सैनिक गतिविधि बढाएको छ । ताइवानको वरिपरि चीनले हवाई र सामुन्द्रिक युद्ध अभ्यास गर्ने बताइएको छ ।

    चीनले ताइवानलाई आफ्नो भूमि भनी दाबी गर्दै आएको छ । तर, अमेरिका, जापानलगायतका देशहरुले ताइवानलाई साथ दिदै आएका छन् । उनीहरुले ताइवानको रक्षाका लागि चीनको प्रतिकार गरिने चेतावनी समेत दिइरहेका छन् ।

    युक्रेनमाथि रुसी हमलापछि चीनले पनि ताइवानमा हमला गर्ने चर्चा चल्ने गरेको छ । त्यसका लागि चीनले निकै लामो तयारी गरिरहेको विषय बाहिर आइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend