सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

काठमाडौं महानगर–१५ मा एकीकृत समाजवादी विजयी

काठमाडौं महानगर–१५ मा एकीकृत समाजवादी विजयी

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित निकालेको छ । महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका हुन् । एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन् ।

निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाएका छन् । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पराजित कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend