बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सर्वोच्चले भन्यो– निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनु

सर्वोच्चले भन्यो– निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनु

काठमाडौं । बाराको निजगढमा रहेको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको रुपमा निर्माण नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन बदर, उक्त प्रतिवेदन स्वीकृत गर्ने वन तथा वातावरण मन्त्रालय बदर गर्ने फैसला गरेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend