सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मुलुकमा धेरै बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीको अस्तित्व समाप्त हुनेछ: झलनाथ खनाल

मुलुकमा धेरै बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीको अस्तित्व समाप्त हुनेछ: झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अन्यायपूर्ण भूसम्पती वितरणलाई न्यायोचित वितरणमा रुपान्तरण गर्न पनि भूमिसुधार गर्न आवस्यक रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

खनालले भने, ‘हामीसँग भूमिसम्बन्धी डाटा अपडेट छैन, भूमिसम्बन्धी डाटा अपडेट गर्नका लागि सवैभन्दा पहिले अत्याधुनिक टेक्नोलोजीले हाम्रो देशको भूमि मापन गर्नसक्नुपर्छ ।’ त्यसका लागि उनले भूमि डाटा बैंक बनाउन सक्नुपर्ने पनि बताए ।

‘अन्यायपूर्ण भूसम्पती वितरणलाई न्यायोचित वितरणमा रुपान्तरण गर्न पनि भूमिसुधार गर्न आवस्यक छ’, खनालको भनाइ छ । उनले यी दुईवटा उद्देश्य प्राप्तिका लागि भूमिसुधार अनिवार्य रहेको र त्यो जुन सरकारले गरेपनि हुने बताए । यदि त्यसो नगरे मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिए । ‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’, खनालको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend