logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

    शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

    8.4K
    Shares

     

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा दुईसय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा दुईसय रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै आज एकहजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend