logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन: ३८५ स्वतन्त्र उमेदवार निर्वाचित

    स्थानीय तह निर्वाचन: ३८५ स्वतन्त्र उमेदवार निर्वाचित

    4.1K
    Shares
    स्थानीय तह निर्वाचन: ३८५ स्वतन्त्र उमेदवार निर्वाचित

     

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उमेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार स्वतन्त्र उमेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

    काठमाडौं महानगरमा स्वतन्त्र उमेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौंमा पहिलोपटक स्वतन्त्र उमेदवार निर्वाचित भएका हुन् ।

    जनकपुरमा स्वतन्त्र उमेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन् ।

    स्वतन्त्र उमेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएका छन् । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका छन् । तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend