logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ने

    मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ने

    7.5K
    Shares
    मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ने

     

    मुगु । मुगूम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुल्ला गरिने भएको छ । गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका का लागि खुल्ला गर्न लागिएको हो ।

    गाउँपालिकाको वडा नं. २ मा पर्ने विभिन्न पार्टन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाइने गरेको छ । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले शुल्क लिने र शुल्क बुझाएका संकलकले १५ गते बिहान प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिए ।

    यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने उनले बताए ।गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पार्ने काम नगर्न आग्रह गरेको छ । यार्सा संकलनका क्रममा पाटन क्षेत्रमा सिसा, प्लाष्टिकजन्य वस्तु नफाल्न, जथाभावी रुख बिरुवा नकाट्न, कुनै चोरी नगर्नसमेत संकलकलाई गाउँपालिकाले आग्रह गरेको छ । यार्सा संकलनका क्रममा लुटपाट चोरी हुने भएकाले सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । यार्सा संकलन गर्ने क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती समेत गर्ने छ ।

    यार्सा संकलकबाट उठेको रकम गाउँपालिकाको खातामा जम्मा गरिने र पछि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार विकास निर्माणमा खर्च गरिने उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend