logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्छु: उपमेयर डंगोल

    सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्छु: उपमेयर डंगोल

    6.6K
    Shares
    सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्छु: उपमेयर डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्ने बताएकी छन् । शपथग्रहणपछि सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले मेयर बालेन्द्र साहसँग सहकार्यमा काम गर्ने बताइन् ।

    उनले आफूलाई कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘उपमेयरलाई कार्यकारी अधिकार छैन । कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्नेछु,’ उनले भनिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend