logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्छु: उपमेयर डंगोल

    काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्छु: उपमेयर डंगोल

    9K
    Shares
    काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्छु: उपमेयर डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिवद्धता जनाएकी छन् । उनले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताईन् ।

    उनले आफूले प्रतिवद्धता जनाएका कुरालाई बजेटमा समावेश गरेर सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौंलाई विकास गर्न लागिपर्ने बताईन् ।

    उपमेयर डंगोलले भनिन्, ‘आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र काठमाडौं वासीको जीवन साच्चिकै सहज होस् भन्नको लागि हामीले पाइला चालेका हाँै । सोहीअनुसार काम हुनेछ । अब हामी सबैले टिमवर्कमा रहेर काम गर्नेछौँ । हामीले व्यक्तिको सफलता, असफलता पछि लागेर होइन, संस्थाको सफलता हुनुपर्छ । काठमाडौं महानगरपालिका संस्था आफैँमा सफल भयो भने काठमाडौंवासी मत दिएको सफल हुनेछ । हामीले प्रतिवद्धता गरेका कुरलाई बजेटमा समावेश गर्ने पहिलो प्राथमिकता हुन्छ । सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौं महानगर र काठमाडौं वासीहरुको लागि काम गर्नेछु । जीवन्त, व्यवस्थित र सांस्कृतिक काठमाडौं महानगर बनाउन पाइला चाल्नेछु ।’

    काठमाडौं नगर कार्यपालिकाको बैठक आज ४ बजे बस्ने र बैठक प्रत्यक्ष प्रशारण हुने भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend