काठमाडौं । नवनिर्वाचित काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि वडाअध्यक्षहरु आत्तीएका छन् ।
मेयर शाहले पहिलो बैठक नै लाईभ गर्नै भन्दै मिडियामा लाइभ गरेपछि केही जनप्रतिनिधिले आपत्ति जनाएका हुन् ।
नगरसभाको बैठकमा ११ नम्बर वडाका वडाअध्यक्ष हिरालात तण्डुकारले मेयरलाई प्रश्न गरे– शपथ खानेबेलामा गोपनीयता, यो (बैठक) चाहिँ ओपनीयता भएनर?
उनले भने, ‘सपथ खाँदा गोपनियता, कार्यान्वयन गर्दा ओपनियता’ भएन र मेयर ज्यू रु’ मेयर बालेन शाहले निर्वाचन अघि आफ्नो घोषणापत्र बमोजिम नै सोमबार नगरसभाको पहिलो बैठक लाइभ गरेका छन् ।