मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

यात्रुवाहक बस दुर्घटनामा ५ जनाको मृत्यु, १३ जना घाइते

यात्रुवाहक बस दुर्घटनामा ५ जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी । दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ गइरहेको थियो । घाइते अधिकांश यात्री सिन्धका विभिन्न शहर र पूर्वी पञ्जाब प्रान्तका बासिन्दा हुन् ।

उचित मर्मतसम्भान नभएका सवारी साधनको सञ्चालन, जीर्ण सडक र सडक सुरक्षामा सावधानी नअपनाउँदा पाकिस्तानमा हरेकदिनजसो घातक सडक दुर्घटना हुने गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend