logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै

    चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै

    2.9K
    Shares

    काठमाडौँ ।  स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ ।

    गत वैशाख ३१ को स्थानीय तहको निर्वाचनपछि निक्षेप भित्रिन थालेको हो । गत वैशाख ३० सम्ममा ४३ खर्ब ७० अर्ब निक्षेप रहेकोमा जेठ १३ सम्म आइपुग्दा ४३ खर्ब ८३ अर्ब पुगेको हो ।

    गत चैतको ३० गतेसम्ममा कुल ४३ खर्ब ८९ अर्ब रहेको निक्षेप रहेकोमा अझै ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीभन्दा बाहिर रहेको छ ।

    नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठको पहिलो साता ७ अर्ब निक्षेप संकलन भएको थियो भने जेठको दोस्रो साता ६ अर्ब निक्षेप संकलन भएको छ । गत चैतको ३१ बाट घट्न थालेको निक्षेप वैशाख १६ सम्म घटेको थियो । त्यसपछि एक हप्तामा ६ अर्ब निक्षेप वढेको थियो भने निर्वाचनको एक हप्तामा पुनः ४ अर्ब निक्षेप घटेको थियो ।

    यो सबै निक्षेप नेपाली रुपैयाँमा भएको हो । वैशाख १६ गतेदेखिको एक महिनाको अन्तरालमा विदेशी मुद्रामा निक्षेप थप्न सकेको छैन । वैशाख १६ मा १ खर्ब १० अर्ब विदेशी मुद्रामा निक्षेप रहेकोमा हालसम्म पनि सोही अंकमा निक्षेप रहेको छ ।

    नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार जेठ १३ गते शुक्रबारसम्म सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरूको कुल कर्जा ४१ खर्ब ९८ अर्ब रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend