logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ घटाउने निर्णय

    डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ घटाउने निर्णय

    3.4K
    Shares
    डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ घटाउने निर्णय

    काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ ।

    अर्थमन्त्रालय स्रोतका अनुसार डिजेल र पेट्रोलमा लिटरमा १० – १० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय भएको छ ।

    मन्त्रालयको निर्णय अनुसार सो निर्णय उद्योग मन्त्रालयलाई मंगलबार नै पठाएको स्रोतको भनाई छ ।

    स्रोतका अनुसार अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्ने छ ।

    अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको हो ।

    मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा  उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो ।

    डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend