logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै छ: देवेन्द्र दाहाल

    सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै छ: देवेन्द्र दाहाल

    5K
    Shares
    सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै छ: देवेन्द्र दाहाल

     

    काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाएका छन् । जेठ १५ गते सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै भएको बताए । सदस्य दाहालले मुलुक भयानक आर्थिक शंकटमा भएको तर सरकारले शंकटलाई नदेखेको जस्तो गरेको बताए । उनले बजेटमा विश्वसनीय श्रोतको व्यवस्था नभएको जिकिर गरे ।

    उनले भने, ‘यो बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै छ । मुलुक भयानक आर्थिक शंकटमा छ तर यसले देखेको नदेख्यै गरेको छ । बजेटअनुसार को विश्वसनीय श्रोत व्यवस्था गरिएको छैन । यो बजेटले सामान्यतः अर्थ शास्त्रीय र अर्थ राजनीतिको दृष्टिकोणबाट हेर्दा पनि नेपाली जनतालाई मनोरञ्जन मात्रै दिन्छ । यो जन वितरणमुखी होइन, कार्यकर्ता वितरणमुखी हो ।’

    उनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अहिलेको आर्थिक समस्यालाई समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend