काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी संसदवादी पार्टी नभएको बताएका छन् । उनले स्थानीय तहमा माओवादीका तर्फबाट विजयी भएका प्रतिनिधिको अभिमूखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
“प्रतिनिधिसभामा छौँ तर हामी संसदवादी होइनौं, संसदवादलाई स्वीकार गरेका होइनौं,” उनले भने, “यो प्रक्रियालाई सदुपयोग गरेर जानुपर्छ भनेको मात्रै हो । यसबीचमा देखिएको आचरण हाम्रो उद्देश्यसँग मिलेको छैन । रुपान्तरणको सुरुवात यही बिन्दुबाट हुन सक्छ ।”