काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुने बताएका छन् । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने बताएका हुन् ।
अध्यक्ष थापाले हालै सम्पन्न निर्वाचनमा राम्रो परिणाम आउन नसके पनि संसदीय निर्वाचनमा राप्रपा नेपाल र नेकपा एमालेले धेरै सिट जित्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एमालेसँगको गठबन्धनमा जुट्न निर्देशनसमेत दिए ।