logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : फेरि पेट्रोलको मूल्य बढ्न सक्ने

    आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : फेरि पेट्रोलको मूल्य बढ्न सक्ने

    3.9K
    Shares
    आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : फेरि पेट्रोलको मूल्य बढ्न सक्ने

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    बुधबार आईओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोल खरिद गर्न प्रतिलिटर २०२.९३ रुपैयाँ, डिजेल १८२.७३ रुपैयाँ र एलपी ग्याँस २५५१.१५ रुपैयाँ पर्छ ।

    नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा तीन अर्ब ७ करोड पचास लाख र मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

    अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर २२.९३ रुपैयाँ, डिजेलमा १९.७३ रुपैयाँ र खाना पकाउन प्रयोग हुने एलपी ग्याँसमा प्रति सिलिन्डर ७५१.१४ रुपैयाँ घाटा हुने जनाइएको छ । निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ ।  मट्टीतेलमा प्रतिलिटर १५.०८ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७.३६ रुपैयाँ र बाह्यतर्फ प्रतिलिटर ६४.५७ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

    अहिले नेपालमा पेट्रोल प्रतिलिटर १८०, डिजेल प्रतिलिटर १६३ र एलपी ग्याँस १८०० रुपैयाँमा बिक्री भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend