logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव राष्ट्रिय सभाबाट स्वीकृत

    संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव राष्ट्रिय सभाबाट स्वीकृत

    6.6K
    Shares
    संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव राष्ट्रिय सभाबाट स्वीकृत

     

    काठमाडौं । राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

    बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रश्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । उनले सदस्य देवकोटा प्रश्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव जितेन्द्रनारायण देव, गोपाीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गरगराएको प्रश्ताव संसदमा निर्णयार्थ प्रश्तुत गरेका थिए । प्रश्तुत संकल्प प्रश्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए ।

    उनले भने, ‘माननीय खिमलाल देवकोटा प्रश्तावक र माननीय जितेन्द्रनारायण देव, गोपाीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गर्नुभएको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु । सभाबाट स्वीकृत संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देशन गर्दछ ।’

    राष्ट्रिय सभाको अर्को बैठक शुक्रवार १ बजे बस्नेछ । राष्ट्रिय सभामा दर्ता भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend