logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

    नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

    3.4K
    Shares
    नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

    काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन लागेको हो ।

    मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार जनप्रतिनिधिलाई ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमुखीकरण दिइने भएको हो । प्रदेश– १ र सुदूरपश्चिम प्रदेशमा २५– २६ जेठ अभिमुखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७–२८ जेठमा मिति तय भएको छ ।

    त्यस्तै, बागमती र लुम्बिनीमा ३०–३१ जेठमा अभिमुखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend