logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जातिय भेदभाव विरुद्धको चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले दिए ५ महिनाको तलब

    जातिय भेदभाव विरुद्धको चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले दिए ५ महिनाको तलब

    4.6K
    Shares

    काठमाडौं । जातिय भेदभाव तथा छुवाछुत विरुद्धको चलचित्र सर्वजित निर्माणका लागि पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटार आयोजना गरिएको चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

    चलचित्र सर्वजीत दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको वास्तविक जीवनमा आधारित हुनेछ । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् ।

    चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend