मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

यो साता कति रुपैयाँले बढ्यो सुनको मूल्य ?

यो साता कति रुपैयाँले बढ्यो सुनको मूल्य ?

 

काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

 

अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।

साताको आइतबार ९८ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार २०० रुपैयाँले बढेको थियो भने मंगलबार फेरि २०० रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ८०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी ४०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार ९०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय ९० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend