logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • घनश्यामलाई कारवाही सिफारिस भएपछि योगेशले भने– आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन

    घनश्यामलाई कारवाही सिफारिस भएपछि योगेशले भने– आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन

    2.8K
    Shares
    घनश्यामलाई कारवाही सिफारिस भएपछि योगेशले भने– आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन

    काठमाडौं । नेकपा (एमाले) को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेपछि पार्टी भित्र विभिन्न टिकाटिप्पणी हुन थालेको छ

    कारवाही सिफारिसपछि एमालेका सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताएका छन् ।

    ‘सामाजिक सञ्जालमा उनी लेख्छन् –अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

    स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारवाही सिफारिस गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend